Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ‘कमेडी च्याम्पियन २’लाई ऋचा शर्माको ‘बाइबाइ’, को आउलान् नयाँ निर्णायक ?

    ‘कमेडी च्याम्पियन २’लाई ऋचा शर्माको ‘बाइबाइ’, को आउलान् नयाँ निर्णायक ?

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 2K
    SHARES

    काठमाडौं – अभिनेत्री ऋचा शर्मा चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को निर्णायक बाट बाहिरिने भएकी छिन्। आमा बन्दै गरेकी उनले आफ्नो स्वाथ्यलाई दृष्टिगत गर्दै शो छाड्न लागेकी हुन्।

    शनिबार प्रसारण भएको एपिसोडमा उनले आफू अब निर्णायकको रुपमा नदेखिने बताएकी थिइन्। कमेडीयन भरतमणी पौडेलको प्रस्तुति सकिएपचि ऋचाले आफू अब निर्णायक नहरने भएकाले उनको प्रस्तुतिलाई टिभिमा हेर्दै भोट गर्ने जानकारी दिएकी थिइन्।



    कमेडी च्याम्पियन सिजन २ मा अर्को साता उत्कृष्ट ५ कमेडीयनहरु छनोट हुनेछन्। यसका लागि भोटिङ खुला भइसकेको छ। शोको सिजन १ देखि नै निर्णायकका रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।



    ऋचा बाहिरिएपछि शोको नयाँ निर्णायक को आउँछ वा बाँकी रहेका निर्णायकलाई मात्र मान्यता दिने भन्नेबारे खुलाइएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार