Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७५ औं स्वतन्त्रता दिवस मनाइयो

    काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७५ औं स्वतन्त्रता दिवस मनाइयो

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 2.5K
    SHARES

    काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७५औं स्वतन्त्रता दिवस मनाइएको छ। ७५ वर्षअघि भारत आजकै दिन ब्रिटिस उपनिवेशबाट मुक्त भएको अवसरमा स्वतन्त्रता दिवस भारतलगायत अन्य देशमा रहेका भारतीयहरुले उत्सवका रुपमा मनाएका छन्।

    ‘आजादी का अमृत महोत्सव’का रुपमा नेपालको काठमाडौंस्थित भारतीय दूतावासमा पनि यो दिवसलाई उत्सवका रुपमा मनाइएको हो। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रिय झण्डा फहराएर उत्सवको शुरुवात गरेका थिए।



    राजदूत क्वात्राले त्यसक्रममा भारतका राष्ट्रपतिको सन्देश पनि पढेर सुनाएका थिए। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो सन्देशमा विगत ७५ वर्षमा विभिन्न क्षेत्रहरुमा भएको प्रगतिबारे जानकारी गराएका छन्।



    स्वतन्त्रता दिवसको अवसरमा राजदूत क्वात्राले विधवाहरु र भारतीय शसस्त्र प्रहरी बलका मृतक गोरखा सैनिकका आफन्तलाई ४ करोड ४५ लाख र प्रत्येक परिवारलाई कम्बल वितरण गरेका थिए। उक्त समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए।

    सोही अवसरमा नेपालको सांस्कृतिक विरासत स्थलहरुको संरक्षणका लागि ‘कला र सांस्कृतिक विरासतका लागि भारतीय राष्ट्रिय ट्रष्ट (आइएनटीएसिएच)को वेबसाइट पनि उद्घाटन गरिएको छ। भारतले २०२१ मार्चबाट शुरु गरेको ‘आजादी का अमृत महोत्सव’ १५ अगस्ट २०२३ सम्म जारी रहने बताइएको छ।

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार