Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • श्रीमान् पोर्न भिडियो प्रकरणमा मुछिएपछि तनावमा रहेकी शिल्पा शेट्टी काममा फर्किइन्

    श्रीमान् पोर्न भिडियो प्रकरणमा मुछिएपछि तनावमा रहेकी शिल्पा शेट्टी काममा फर्किइन्

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटमा फर्किएकी छन् ।

    गत जुलाई १९ मा पति राज कुन्द्रा पोर्न भिडियो प्रकरण मुद्धामा पक्राउ परेपछि अभिनेत्री शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटबाट ब्रेक लिएकी थिइन् । श्रीमानका कारण तनावमा रहेकी शिल्पा ३ हप्तापछि उक्त शोमा फर्किएकी हुन् ।



    सन् २०१६ देखि नै शोमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी शिल्पाको पुनरागमनले अहिले रियालिटी शोका दर्शक तथा निर्माता खुसी देखिएका छन् । रियालिटी शोमा शिल्पासहित अनुराग बसु र गीता कपूर निर्णायकका रुपमा काम गर्दै आएका छन् ।



    शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथिका रुपमा बोलाइएको थियो ।

    शिल्पाका श्रीमान राज पोर्न भिडियो मुद्धामा न्यायिक हिरासतमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार