Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • पार्टी फुटाउने अध्यादेशविरुद्ध ओलीनिकट युवा संघको प्रदर्शन, प्रहरीमाथि ढुंगामुढा !

    पार्टी फुटाउने अध्यादेशविरुद्ध ओलीनिकट युवा संघको प्रदर्शन, प्रहरीमाथि ढुंगामुढा !

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले दल विभाजन सम्बन्धी जारी भएको अध्यादेशविरुद्ध प्रदर्शन गरेको छ ।

    मंगलबार नयाँबानेश्वर चोकमा ओली पक्षधर राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको हो ।



    प्रदर्शनको क्रममा उनीहरुले दल विभाजनसम्बन्धी विधेयक खारेज गर लगायतका विभिन्‍न नारा लगाएका थिए । युवा संघका सदस्यहरुले प्रदर्शनको क्रममा प्रहरीले आफूहरुमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीमाथि ढुंगामुढा समेत गरेको थियो ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार