Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • दीपिका पादुकोण विवादमा, सामाजिक सञ्जालमा गालीको वर्षा !

    दीपिका पादुकोण विवादमा, सामाजिक सञ्जालमा गालीको वर्षा !

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री दिपीका पादुकोण विवादमा तानिएका छिन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई असभ्य गाली गरिरहेका छन्।

    कारण अभिनेत्री जिया खानको अन्तिम संस्कारको दिनमा लगाएको कपडा लिलाम गर्ने निर्णय। दीपिकाले खानको अन्तिम संस्कारमा लगाएको कपडा पनि लिलाम गर्ने बताएपछि उनको चर्को आलोचना भइरहेको छ।



    दीपिकाले आफ्नो च्यारिटी फाउन्डेशन ‘द लिभ लभ लाफ फाउन्डेशन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने भएकी हुन्। दीपिकाले फरक–फरक समयमा लगाएको कपडा लिलाम गर्ने निर्णय गरेकी छिन्।



    दीपिकाले राखेका २ वटा कुर्ता लिलामीमा राखेकी छन् त्यो कुर्ता लगाएको पल कसैले पनि सम्झन चाहेको छैन। कसैको अन्तिम संस्कार लगाइएको कपडा लिलामी राख्नु निकै तल्लो स्तरको काम भएको धेरैको प्रतिक्रिया छ। विवादमा मुछिएपछि दीपिकाले यसबारे बोलेकी छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार