Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रचण्ड, माधव र बाबुरामले एकै मञ्चबाट, ओलीले फरक ठाउँबाट सम्बोधन गर्दै

    प्रचण्ड, माधव र बाबुरामले एकै मञ्चबाट, ओलीले फरक ठाउँबाट सम्बोधन गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 2K
    SHARES

    काठमाडौँ । बुधबारदेखि औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्मा ओली र माधवकुमार नेपालले आज पहिलो पटक फरक पार्टीका नेताको हैसियतमा सार्वजनिक रुपमा सम्बोधन गर्दैछन्।

    बिहीबार ओलीले एमाले अध्यक्ष र नेता नेपालले एमाले समाजवादी अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।



    ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् भने नेता नेपालले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।



    बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘समाजवादी केन्द्र नेपाल’ को आयोजनामा हुने कार्यक्रममा नेता नेपालसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार