Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ४ बर्षसम्म केही विकास नगरेको भन्दै स्थानीयहरु मिलेर वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधे

    ४ बर्षसम्म केही विकास नगरेको भन्दै स्थानीयहरु मिलेर वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधे

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । जनप्रतिनिधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासका कामहरु केही नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको पोलमा बाधेका छन् ।

    भारतको विहार राज्यस्थित मधुवनी जिल्लाका मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाईविकास नगरेको भन्दै स्थानीयले बिजुलीको पोलमा बाँधेर घाममा तताएका हुन्।



    स्थानीय एक समाचार माध्यमका अनुसार उनले नगर क्षेत्रमा विकास नगरेको र बर्षाको मौसममा बाटोमा हिडन समेत कठिनाई भएकाले त्यहाँका जनताहरुले यस्तो गरेका हुन्।



    समाचारका अनुसार वडा नं. १५ सडकमा नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भएको छ । स्थानीयहरुलाई पैदल समेत हिडनको लागि समस्या भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार