Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीनबाट आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्याे

    चीनबाट आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । चीनबाट सरकारले खरिद गरेकाे आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति आठ लाख डोज खोप नेपाल आइपुगेको हो।



    ‘१६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेको हो, प्रवक्ता पौडेलले भने’, ‘बाँकी थप आठ लाख डोज आज साँझ आइपुग्छ।’



    यस्तै अगामी शनिबार पनि जापानबाट अनुदानमा छ लाख मात्रा एस्ट्राजेनिका खोप आउने उनले जानकारी दिए। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ।

    अहिलेसम्म नेपालमा एक करोड १६ लाख खोप प्राप्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार