Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रुसी राष्ट्रपति भन्छन्, ‘अफगानिस्तानमा अन्य देशले आफ्नो मर्जी गर्नु हुँदैन, तालिबानले वाचा पुरा गर्छ’

    रुसी राष्ट्रपति भन्छन्, ‘अफगानिस्तानमा अन्य देशले आफ्नो मर्जी गर्नु हुँदैन, तालिबानले वाचा पुरा गर्छ’

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानमा अन्य देशहरुले आअफगानिस्तानमा अन्य देशहरुले आफ्नो मर्जी गर्नु नहुने बताएका छन्। शुक्रबार उनले तालिबान शासित अफगानिस्तानमा अन्य देशहरुले आफ्नो इच्छा र हितअनुकुलका कामहरु गर्न नहुने बताएका हुन्।

    समाचार एजेन्सी एएफपीका अनुसार राष्ट्रपति पुटिनले मस्कोमा जर्मन चान्सलर एन्जेला मर्केलसँगको कुराकानी गरेपछि मिडियासँग प्रतिक्रिया दिएका थिए। तालिबानले आफ्नो बाचा पूरा गर्नेमा आफू विश्वस्त रहेको पनि उनले जानकारी दिएका छन्। उनले अतिवादीहरुलाई अफगानिस्तानबाट बाहिर निस्कन अन्य देशहरुमा फैलिनबाट रोक्नु पनि महत्वपूर्ण हुने विचार व्यक्त गरे।



    ‘बाहिर बसेर विदेशी मूल्यलाई कार्यान्वयन गर्ने र विदेशी मोडलको लोकतन्त्र विकास गर्ने गैरजिम्मेवादी नीति रोकिनुपर्छ,’ उनले भने, ‘हामी अफगानिस्तानबारे जानकार छौं, हामी ती मानिसहरुलाई राम्रोसँग चिन्छौं। र हामीले यो देश कसरी काम गर्छ भनेर सिकेका छौं। यसको परम्पराविपरीत एक राजनीतिक र सामाजिक व्यवस्था लाद्न कती हानिकारक हुन सक्छ भन्नेबारे पनि हामीलाई थाहा छ।’



    उनले थपे, ‘यी कुनै पनि राजनीतिक र सामाजिक प्रयोगहरु विगतमा सफल भएका छैनन्।’ पुटिनले तालिबानको युद्धको अन्त्य भएको घोषणा गरिसकेको जानकारी दिँदै नागरिक र कूटनीतिज्ञहरुको सुरक्षाको आश्वासन दिएको बताए। त्यस्तै उनले यी सबै कुरा तालिबानले पुरा गर्ने आशा व्यक्त गरे।

    तालिबानहरुले देशमा शान्ति तथा सुरक्षा कायम गर्ने वाचा गरे पनि कतिपय स्थानमा गोली तथा भिडन्तहरु भइरहेको छ। अफगानिस्तानमा तालिबान विरोधी प्रदर्शनहरु पनि हुन थालेका छन्। ठूलो संगठन वा समूहले नभए पनि मानिसहरु तालिबानविरुद्ध सडकमा देखिन थालेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार