Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना महामारीमा सशस्त्र प्रहरी  बलमा तिजको रौनक

    पूर्वगृहमन्त्री र सशस्त्रका आईजीपीद्वारा निषेधाज्ञाको उल्लंघन, महिला संघको दुरुपयोग गरी तिजको दर खाएर फोटो सेसन

    पूर्वगृहमन्त्री र सशस्त्रका आईजीपीद्वारा निषेधाज्ञाको उल्लंघन, महिला संघको दुरुपयोग गरी तिजको दर खाएर फोटो सेसन

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । मुलुक कोरोना महामारीले थलिएको बेला सशस्त्र प्रहरी  बलमा भने तिजको रौनक छाएको छ। सरकारले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै सशस्त्र प्रहरी  बलमा  तिजको रौनक छाएको हो ।

    सशस्त्र प्रहरी परिवार महिला संघले भीडभाड जम्मा गरी नेताका घर घरमा दर खाने कार्यक्रम गर्दैआएका तस्बिर नै सार्वजनिक भएको छ। संघका अध्यक्ष सरिता कणेल खनालसहितका महिलाहरुले स्वास्थ्य प्रोटोकललाई उल्लंघन गर्दै पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको घरमा दर खाएर फोटो सेसन गरेका छन् ।



    शक्ति बस्नेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भएकाले सशस्त्रका आइजीपी शैलेन्द्र खनालले उनको घरमा महिला संघलाई दर खुवाउन पठाएको स्रोत बताउँछ । तीज आउन १८ दिन बाँकी छँदै सशस्त्रका आइजीपी  खनालले नेताका घर -घरमा श्रीमती कँडेललाई सशस्त्र प्रहरी परिवार महिला संघको आवरणमा दर कार्यक्रमको बहनामा चाकरीमा पठाएका हुन ।



    सर्वोच्च अदालतको असार २८ को परमादेशबाट ओली पदमुक्त भएपछि आइजीपी खनाल प्रचण्डलाई खुसी पार्न उनका निकट नेताहरुको चाकरीमा लिप्त हुन थालेका छन् ।

    सशस्त्रका आइजीपी खनालको अनुमतिमा महिला संघले शनिबार पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको घरमा दर खुवाउने कार्यक्रम आयोजना गरेको हो । बस्नेतको श्रीमती सत्या पहाडी पनि माओवादी नेतृ हुन् ।

    बस्नेत र पहाडी दम्पत्तिको घरमा दर खाने कार्यक्रममा नाचगान, भोजका तस्वीर र भिडियो समेत सामाजिक संजालमा राखी जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई उल्लंघन गरिएको छ । पूर्वमन्त्री बस्नेतको घरमा आयोजित दर कार्यक्रममा सहभागी सशस्त्र प्रहरी परिवार महिला संघका कसैले पनि मास्क समेत लाएका छैनन् ।

    कोरोना संक्रमण दर दैनिक बढिरहेको छ । शनिबार मात्रै २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३० जनाले मृत्युबरण गरेका छन् । कोरोना संक्रमणको दर बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७८ साउन २८ गतेदेखि निषेधाज्ञामा कडाइ गरेको छ ।

    जनैपूर्णिमा, ऋषितर्पणी, गाईजात्रा लगायतका पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुनेगरी परम्परागत तबरमा सांकेतिक तबरले मनाउन र भीडभाडजन्य गतिबिधि नगर्न अनुरोध गरेको छ । तर, जो अगुवा उही बाटो ।।।भनेझैं सशस्त्र प्रहरीका संगठन प्रमुखले नै नेताका घर घरमा स्वास्थ्य प्रोटोकल र निषेधाज्ञा उल्लंघन गरी नेताको घरमा चाकरी गर्न महिला संघको दुरुपयोग गरेका छन् ।

    कोरोना महामारीले गर्दा लाखौंं नेपालीको रोजगारी गुमेको छ, दुई छाक खान धौ धौको अवस्था छ । तर, सशस्त्र प्रहरीका हाकिमका श्रीमतीलाई त्यसको कुनै पर्वाह छैन । संगठनका जवानको गाँस काटेर जम्मा गरिएको रकम हाकिमका श्रीमतीहरुले पचासौं हजार खर्च गरी नेताका घरमा तडकभडकपूर्ण रुपमा दर खुवाउन खर्च गरेका छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइजीपी बनाए पनि नेकपाको एकता खारेजीपछि शैलेन्द्र खनाल केपी शर्मा ओलीको विश्वासिला बनेका थिए । र, प्रचण्डका गतिबिधिको सूचना संकलन गरी ओलीलाई बुझाउँदैआएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार