Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दाङबाट कस्तुरीको बिना र चितुवाको छालासहित ५ जना पक्राउ

    दाङबाट कस्तुरीको बिना र चितुवाको छालासहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 4.9K
    SHARES

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बहुमुल्य कस्तुरीको बिना र चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।

    कस्तुरी बिना र चितुवाको छालासहित पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । घोराहीको होटेल टु डे प्लाजाबाट कस्तुरीको बिनासहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ गते पक्राउ गरेको हो ।



    प्रहरीले अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेस काफ्लेले बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम छ।



    त्यसैगरी प्रहरीले चितुवाको तीनवटा छाला सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदिपकुमार विक,विमल औजी र हेमन्त औजीलाई अमिलियाबाट पक्राउ गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार