Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस क्रियाशिल सदस्यता विवाद सकियो, देउवा र पौडेलले बुझे प्रतिवेदन

    कांग्रेस क्रियाशिल सदस्यता विवाद सकियो, देउवा र पौडेलले बुझे प्रतिवेदन

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको टाउको दुखाइको विषय बनेको क्रियाशिल सदस्यता विवाद सकिएको छ। क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्ग्याउँदै प्रतिवेदन बुझाएको छ।

    यसअघि समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्वलाई जिम्मा दिइएको थियो। तर त्यहाँ समहति भएन।



    त्यसपछि नयाँ छानबिन समिति बनाइयो। साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन्। विवाद समाधान भएसँगै नेतात्रयले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाएको छ।



    सोमबार साँझ देउवाको निजी निवास बूढानीलकण्ठमा उनीहरुले देउवा र पौडेललाई प्रतिवेदन बुझाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार