Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • भारतमा कोरोना संक्रमितको संख्या १५६ दिनपछि सबैभन्दा कम

    भारतमा कोरोना संक्रमितको संख्या १५६ दिनपछि सबैभन्दा कम

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 1.5K
    SHARES

    Relatives mourn the death of a man due to the coronavirus disease (COVID-19), at a crematorium in New Delhi, India September 28, 2020. REUTERS/Adnan Abidi TPX IMAGES OF THE DAY

    एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ संक्रमित थपिएका हुन्।

    यसैसँगै भारतमा कुल संक्रमितको संख्या तीन करोड २४ लाख ७४ हजार ७७३ जना पुगेको छ। पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितको संख्या ३० हजारदेखि ४० हजारको बीचमा रहँदै आएकोमा अहिले २५ हजारको हाराहारीमा झरेको मङ्गलबार जनाएको छ।



    दैनिक संक्रमितको संख्या कम भएपछि भारतका कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख हुदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन्।



    मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोना मुक्त संख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ।

    भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीले जनाएका छन्। यो संख्या १५६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३५ हजार ११० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। तीमध्ये पछिल्लो २४ घण्टामा ३५४ जनाको मृत्यु भएको हो।

    कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ। पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ। योसँगै अहिलेसम्म कुल ५० करोड ९३ लाखभन्दा बढीको परीक्षण भएको छ।

    त्यसैगरी भारतमा अहिलेसम्म कुल ६३ करोड ८५ लाख भन्दा बढी डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार