Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गण्डकीका मुख्यमन्त्री पोखरेललाई २५ लाख ऋण (सम्पत्ति विवरण)

    गण्डकीका मुख्यमन्त्री पोखरेललाई २५ लाख ऋण (सम्पत्ति विवरण)

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.6K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद् विस्तार भएको दुई महिनापछि मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार वेबसाइटमार्फत नौ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गण्डकीमा ११ मन्त्री छन् । युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् ।



    गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । कृषि विकास बैंकबाट २०७६ मा उनले उक्त ऋण लिएका थिए । तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा उनले आम्दानी देखाएका छन् ।



    पोखरेलसँग पाँच तोला सुन छ भने श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँको एउटा घर छ । मुख्यमन्त्री पोखरेलको नाममा काठमाडौं र तनहुँमा जग्गा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार