Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कीर्तिमानी गौरिकालाई दुबै डोज खोपका बाबजुत कोरोना संक्रमण

    कीर्तिमानी गौरिकालाई दुबै डोज खोपका बाबजुत कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 2.1K
    SHARES

    काठमाडौं। नेपालकी कीर्तिमानी पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। सागकी स्वर्णधारी गौरिकाले कोरोनाविरुद्धको दुबै डोप खोप लगाएपनि संक्रमण भएको हो।

    गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्। कोरोना देखिएसँगै गौरिका १० दिनको आइसोलेसन बसेकी छन्। उनका अनुसार दुवै डोज लगाएपनि कोरोना देखिएको हो।



    ‘मैले दुवै डोज खोप लिएकी थिएँ र कुनै लक्षण थिएन। तर, पनि मलाई हालै कोरोना संक्रमण भएको पुष्टि भएको छ। म अहिले सरकारी मापदण्ड अनुसार १० दिनका लागि आइसोलेसनमा छु,’ उनले भनेकी छन्।



    गत महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा गौरिकाले नेपालबाट प्रतिस्पर्धा गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार