Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन एकीकृत समाजवादीको अपिल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेको छ।

बुधबार निर्वाचन आयोगमा केन्द्रीय सदस्य र सांसदहरुको सनाखत भएपछि एकीकृत समाजवादीले बाध्यात्मक परिस्थिति आएपछि पार्टी पुनर्गठन भएको जानकारी दिएको छ।

अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद शतिसाल जस्तै अडिग भई विद्रोहमा सामेल हुने सबैलाई धन्यवाद पनि दिएको छ।

कम्युनिष्ट आन्दोलनलाई बदनाम गरी पार्टी कब्जा गर्ने कोशिस भएपछि एमाले विद्रोह भएको उसले उल्लेख गरेको छ।

‘नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न हामीले २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थियौं। आज २०७८ भदौ ९ गते संघीय संसदका ३४ जना माननीय सांसदहरू र तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भयौं,’ पार्टीको आधिकारिक फेसबुकमा लेखिएको छ, ‘अव यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षा अनुसार नेपाली कम्युनिष्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न प्रयास गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077