Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गण्डकी प्रदेशमा अर्बपति मन्त्री , यस्तो छ सम्पत्ति विवरण

    गण्डकी प्रदेशमा अर्बपति मन्त्री , यस्तो छ सम्पत्ति विवरण

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 3.2K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । विन्दुकुमार थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।

    उनी कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री हुन् । उनले पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा देखाएका छन् । पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत रहेका थापाको यसअघि नियुक्तिमै विवाद उत्पन्न भएको थियो । शपथ खान तनहुँबाट पोखरा आउँदै गरेका डोबाटे विकलाई पछि पार्दै मन्त्री बनेका थापाको पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वर्ग मिटरमा घर छ । नयाँ बजारमै ४ हजार ९ सय ९४ वर्ग मिटरमा अर्को घर छ ।



    यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटल पनि रहेको छ । उनले आम्दानीको स्रोतमा पैतृक सम्पत्ति भनी दाबी गरेका छन् । पर्यटकीयस्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्ट पनि उनको सम्पत्ति हो ।उनले २ गाडी, ५ बैंक तथा वित्तीय संस्थामा ऋण रहेको उल्लेख गरेका छन् भने उनको घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद छ भने आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर छ । उनले सम्पत्ति विवरणमा ५ बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गरेका छन् ।



    यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ भने १ किलो बढी सुन रहेको बताउँछन् । उनको १ किलो १९ तोला सुन छ । गृहजिल्ला स्याङ्जा भिरकोटसहित काठमाडौं नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा जग्गा रहेको देखाएका छन् । साथै १५ लाख नगद, ७ किलो २ तोला चाँदी र एक थान हिराको औंठी रहेको उल्लेख गरेका छन् ।

    माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका रामजीप्रसाद बरालले छोराबुहारीको नाममा मोटरसाइकल र स्कुटर, आफ्नो नाममा ६० कित्ताको निफ्राको सेयर, एभरेस्ट बैंकमा ३ लाख नगद उल्लेख गरेका छन् । उनले गत वर्ष एनआईसी एसिया बैंकबाट १ करोड ऋण लिएको जनाएका छन् । श्रीमतीसहित आफ्नो नाममा जग्गा छ भने चार तोला सुन विवरण देखाएका छन् ।

    वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवामा ५० हजार रुपैयाँबराबरको घर किनेको बताएका छन् । उनले पोखरा १४ मा ४० लाखको जग्गा किनेका छन् । उनीसँग सुन र चाँदी क्रमशः ३० र २० तोला छ । उनले ऋण काढेर चर्ती नर्सरी उद्योग सञ्चालन गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार