Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सशस्त्र प्रहरीले एक बालकलाई पिटेको भिडियो सामाजिक संजालमा भाइरल

    सशस्त्र प्रहरीले एक बालकलाई पिटेको भिडियो सामाजिक संजालमा भाइरल

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.5K
    SHARES

    जनकपुरधाम । सामाजिक संजालमा एउटा भिडियो निकै चर्चामा रहको छ । उक्त भिडियो हो -सशस्त्र प्रहरीले एक बालकलाई पिटेको ।

    भारतबाट घरायसी सामान खरिद गरी साइकलमा ल्याउँदै गरेका एक बालकलाई नेपाल–भारत सीमा क्षेत्रस्थित महोत्तरीमा सशस्त्र प्रहरीले पिटेका छन् ।



    महोत्तरीको ८ वर्षीय ती बालकको परिचय खुलाइएको छैन । उनले साइकलबाट बोरामा केही सामान ल्याएको दृश्यमा देखिन्छ ।



    लगत्तै सशस्त्र प्रहरीले ती सामान आफ्नो नियन्त्रणमा लिने प्रयासमा उनलाई पिटेको दृश्यमा देख्न सकिन्छ ।

    टिकटक र फेसबुकमा भाइरल सो भिडियोमा बालकले रूदै छोडिदिन गुहार मागे पनि सशस्त्र प्रहरीका जवानले उनलाई पिटिरहेको दृश्य देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार