Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

देउवा तानाशाह बन्न खोजेको प्रकाशमानको आरोप

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

नेपाल महिला संघ काठमाडौँले बिहीबार मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र क्रियाशील सदस्यतामा देउवाले मनलाग्दी गरेको भन्दै तानाशाह बन्न खोजेको आरोप लगाए।

कार्यक्रममा सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरुलाई मात्रै नीति नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने, यदी त्यसो गरे सह्य नहुने बताए ।

यस्तै, नेता सिंहले सभापति देउवाले पदमा बस्नकै लागि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पर सारेर पार्टीको विधान मिचेको बताए।

कार्यक्रममा उनले भने, 'विधि, प्रक्रिया पूरा गर्ने, पदमा बस्ने, पार्टी सभापति हुने, तर पार्टी सभापति भएपछि हरेक ४ वर्षमा महाधिवेशन हुन्छ भनेर थाहा पाइकन क्रियाशील सदस्यताको काम पार्टीको विधान अनुसार नगर्ने, आफ्नो मान्छेलाई क्राइट एरिया चाहिने, त्यस्तो नि हुन्छ ? सिंहले थपे, 'काँग्रेसको इतिहास थाहा छ, कस्ता कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रुपमा के गर्नुपर्छ गर्छौं।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077