Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतद्वारा नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण, बीपी प्रतिष्ठान धरानमा राखिने

    भारतद्वारा नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण, बीपी प्रतिष्ठान धरानमा राखिने

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । कोभिड–१९ महामारीविरुद्धको लडाईमा नेपाललाई सहयोग गर्दै आएको छिमेकी देश भारतले यसपटक सहयोगस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

    बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहकाबीच भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।



    सो मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ । यस हिसाबले यस अक्सिजन प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता राख्दछ ।



    यस्तै, उक्त समारोहमा भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीबारे चर्चा गर्दै राजदूत क्वात्राले उक्त अक्सिजन प्लान्टको हस्तान्तरण कोभिड–१९ महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकको रुपमा रहेको बताए । यस्तै, मन्त्री श्रेष्ठले उपहार स्वरुप प्रदान गरिएको अत्यन्तै आवश्यक स्वास्थ्य पूर्वाधारको रुपमा रहेको यस अक्सिजन प्लान्टको मद्दतले नेपाललाई कोभिड–१९ महामारी विरुद्को लडाइमा थप बल पुग्ने उल्लेख गरे ।

    धरानमा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणमा लागि दुई दशकअघि भारत सरकारले गरेको सहयोग कोषेढुङ्गा भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले आज हस्तान्तरण गरिएको अक्सिजन प्लान्ट स्वास्थ्यको क्षेत्रमा अर्को कोषेढुङ्गा भएको उल्लेख गर्दै सो सहयोगबाट विशेष गरी प्रदेश नं १ र २ का जनता लाभान्वित हुने बताए।

    अक्सिजन कोभिड–१९ का बिरामीहरुको उपचारका लागि स्वास्थ्य सेवा केन्द्र र अस्पतालहरुमा नभई नहुने एक महत्वपूर्ण क्लिनिकल ग्यास हो जुन भारत र नेपालमा महामारीको दोस्रो लहर देखापर्दा अनुभव गरिएको थियो । रक्षा अनुसन्धान एवम् विकास संगठन (डिआरडिओ) ले निर्माण गरेको यो DEBEL मेडिकल अक्सिजन प्लान्टको मद्दतबाट कम लागतमा अस्पतालले अब अस्पताल परिसरमै अक्सिजन उत्पादन गर्न सक्नेछ ।

    यो प्रविधि विकास गर्ने भारत संसारकै चौथो मुलुक हो । वायुमण्डलीय हावाबाट सीधै अक्सिजन उत्पादन गर्नका लागि यो प्रविधिले Pressure Swing Adsorption Technique र Molecular Sieve Technologyको उपयोग गर्दछ । मेडिकल अक्सिजन प्लान्टको स्थापनाले अपर्याप्त अक्सिजन सिलिन्डर माथिको अस्पतालको निर्भरता र सिलिन्डरको ढुवानीमा लाग्ने खर्च घटाउनुका साथै भरपर्दो तरिकाले चौबिसै घण्टा अक्सिजनको उपलब्धतालाई सहज बनाउनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार