Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सवा तीन अर्बमा मणिपाल मेडिकल कलेज किन्यो बतास समूहले

    सवा तीन अर्बमा मणिपाल मेडिकल कलेज किन्यो बतास समूहले

    अनलाइन नेपाल
  • बिहिबार, १० भाद्र २०७८
  • 3K
    SHARES

    पोखरा। भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानी रहेको पोखराको मणिपाल मेडिकल कलेज नेपाली लगानीकर्ताहरुले किनेका छन् ।

    नेपालमा सवारी साधनलगायत विभिन्न क्षेत्रमा लागानी गरेको बतास इन्भेष्टमेन्ट र सवारी साधन विक्री गर्ने कम्पनी अटोवेज प्रालिले भारतीय लगानीकर्तासँग सवा तीन अर्ब रुपैयाँमा मणिपाल किनेको हो । मेडिकल कलेज आनन्द राज बतास र नारायण पौडेलले संस्थागत रूपमा खरिद गरेका हुन्।



    नयाँ लगानीकर्ताले असोज १ गते देखि मेडिकल कलेज सञ्चालन गर्नेछन् । जसमा बतास ग्रुपको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत शेयर रहेने छ । मनिपाल मेडिकल कलेज कुल १० लाख स्क्यायर फिटमा रहेको छ भने यसमा ६० रोपनी जग्गा आफ्नै छ भने १५० रोपनी जमिन भने लिजमा रहेको छ । हाल अस्पताल ७५० शैया रहेका छन् ।



    सन् १९९४ बाट सञ्चालनमा आएको यो मेडिकल कलेज नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा आएको पहिलो मेडिकल कलेज हो। मणिपालमा नेपाली लगानीकर्ता प्रवेश गरेसँगै अब पब्लिक लिमिटेडमा जाने समेत सञ्चालक पौडेलले बताए । मनिपाल मेडिकल कलेजमा अब अध्यक्ष आन्नदराज बतास, सञ्चालक शान्तराज बतास र नारायण पौडल रहने छन् ।

    पौडेलका अनुसार पोखराबाट अत्यन्तै गम्भीर अवस्थाका बिरामी काठमाडौं पठाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य सहित दुई कम्पनीले मेडिकल कलेजमा लगानी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार