Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

    राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन्। आईसीसी विश्वकप लिग २ का लागि ओमानमा रहेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन्।

    इमेलमा उनले व्यक्तिगत, घरायसी कारणले राजीनामा दिएको उल्लेख गरेका छन्। ६७ वर्षे ह्वाटमोर जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए।



    उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो। नेपाली टोली सेप्टेम्बर २० सम्मका लागि ओमान भ्रमणमा रहने छ। पपुवा न्यु गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नेपालले ओमान र अमेरिकासँग लिग २ का खेलहरु खेल्दै छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार