Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाट्मोरले एक्कासी किन दिए राजीनामा ?

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाट्मोरले एक्कासी किन दिए राजीनामा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले जिम्मेवारीबाट राजीनामा दिएका छन्। जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका उनले ‘सरप्राइज’ हुने गरी शुक्रबार राजीनामा दिएका हुन्।

    क्यानका एक पदाधिकारीका अनुसार उनले इमेलमार्फत राजीनामा पठाएका हुन्। इमेल पनि उनको एजेन्टमार्फत आएको बताइएको छ। क्यानसँग वाट्मोरको डिसेम्बरसम्म सम्झौता थियो। सम्झौताअघि नै उनले राजीनामा दिएपछि क्रिकेट क्षेत्र तरंगित भएको छ।



    आईसीसी विश्वकप लिग २ का लागि उनी नेपाली टोलीसहित ओमानमा छन्। नेपाली टोली सेप्टेम्बर २० सम्मका लागि ओमान भ्रमणमा रहने छ। पपुवा न्यु गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नेपालले ओमान र अमेरिकासँग लिग २ का खेलहरु खेल्ने कार्यतालिका छ।



    यस्तोमा उनले किन राजीनामा दिए ? क्यानका ती पदाधिकारीका अनुसार वाट्मोरले आफ्ना व्यक्तिगत र घरायसी कारण जिम्मेवारी सम्हाल्न नसक्ने बताएका छन्। परिवारलाई धेरै समय दिनुपर्ने र कोभिड १९ का महामारीका कारण ओमान भ्रमणपछि आफूले प्रशिक्षकका रुपमा काम गर्न नसक्ने आशय वाट्मोरले व्यक्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार