Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अफगानिस्तानमा रणसंग्राम जारी, काबुल एयरपोर्टमा पाँचओटा रकेट आक्रमण

    अफगानिस्तानमा रणसंग्राम जारी, काबुल एयरपोर्टमा पाँचओटा रकेट आक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । सोमबार बिहान अफगानिस्तानको काबुल एयरपोर्टलाई लक्षित गरी पाँचओटा रकेट आक्रमण भएको छ ।

    यद्यपि सो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको जनाएको छ । अहिलेसम्म यो रकेट आक्रमण कसले गरेको हो भन्नेबारे पत्ता नलागेको बीबीसीले जनाएको छ।



    यसअघि आइतबार अमेरिकाले ड्रोन आक्रमणमा गरेको थियो । यो आक्रमणमा इस्लामिक स्टेट समूहको एयरपोर्टमा आत्मघाती आक्रमण गर्न आइरहेका व्यक्ति मारिएको अमेरिकी अधिकारीले बताएका छन् ।



    यसअघि काबुल एयरपोर्टमा भएको आत्मघाती आक्रमणमा परी १७० जनाको मृत्यु भएको थियो । जसमा १३ जना अमेरिकी सैनिक पनि सामेल थिए ।

    प्राप्त समाचारका अनुसार उक्त आक्रमणपछि काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको थियो भने सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो देखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार