Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पूर्वप्रधानमन्त्री भट्टराई र गण्डकीका मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

    पूर्वप्रधानमन्त्री भट्टराई र गण्डकीका मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.4K
    SHARES

    पोखरा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ। उनीहरुबीच मुख्यमन्त्री निवासमा भेट वार्ता भएको हो।

    प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिलगायतका विषयमा छलफल भएको थियो। भेटघाटमा मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताएका छन्।



    बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै उनले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको जानकारी दिए।प्रदेशको क्षमताअनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि सङ्घ सरकारबाट थप रकमको अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताए।



    बाढीपहिराका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनःनिर्माणका लागि सङ्घ सरकारको भर परेको उनको भनाइ थियो।

    पूर्वप्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्नेबारेमा आफूहरूले निरन्तर छलफल गरिरहेको बताए। यो सरकारलाई असफल हुने छुट नरहेको भन्दै उनले स–साना मतभेदलाई भित्रै मिलाएर लैजान सुझाव दिए। नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान  पनि भट्टराईले आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार