Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेश १ का १० सांसद (नामसहित)

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले प्रदेश १ का १० जना प्रदेश सांसदहरुले पार्टी परित्याग गरेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन्।

एमाले त्यागेर एकीकृत समाजवादीमा जाने १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् ।

[insert page='83193' display='yopanipadhnuhos.php']

नेता राजेन्द्र राईका अनुसार यसअघि उनीहरुले विराटनगरको एक होटेलमा चार दिनसम्म बसेर छलफल गरेपछि एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा जाने सामुहिक निर्णय गरेका थिए ।

उनका अनुसार हिजै निर्वाचन आयोग जाने तयारी रहेको थियो तर प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उनीहरु आज मात्रै आयोगमा गएर सनाखत गरेका हुन्।

दल विभाजन अध्यादेशअनुसार निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई यही भदौं २२ गते  दिनभित्र दल रोज्ने समय दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077