Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भारतमा कोरोना संक्रमणबाट एकैदिन ५ सय ५ जनाको मृत्यु

    भारतमा कोरोना संक्रमणबाट एकैदिन ५ सय ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी – भारतमा कोरोना भाइरसको संक्रमण उही गतिमा बढिरहेको छ। दिनहुँ हजारौको संख्यामा संक्रमितहरु थपिइरहेका छन् भने सयौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ।

    बिहीबार भारतमा थप ४५ हजार ९७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख ५६ हजार ८६३ पुगेको छ।



    यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९६ हजार २०७ जना संक्रिय संक्रमित छन्। यस्तै त्यहाँ एकैदिन ५०५ संक्रमितको मृत्यु भएको छ। पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५५९ पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार