Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • हरिप्रसाद भट्टराईद्वारा एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप संयोजकमा उम्मेदवारी, यस्ता छन् प्रतिवद्धता

    हरिप्रसाद भट्टराईद्वारा एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप संयोजकमा उम्मेदवारी, यस्ता छन् प्रतिवद्धता

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईले एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    आगामी अक्टोबरमा हुने एनआरएनएको १०औँ महाधिवेशनमा उप संयोजक पदमा उम्मेदवारी घोषणा गर्दै भट्टराईले भने –‘सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवा पुस्ताको सहभागिता र श्रमिकमैत्री एनआरएन सरोकार भन्ने मूल मन्त्रका साथ म अगाडि बढेको छु ।



    लिन नभई दिन अघि बढेको स्पष्ट पार्दै उनले एसिया प्रशान्त क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका समस्या समाधानका लागि सक्दो खटेको र अब थप सक्रिय रुपमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।



    एनआरएनए मलेसियाको नेतृत्वमा रहँदा उनले १५ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गरेर समस्यामा परेका नेपालीलाई सहयोग पुर्याएपछि उनको चर्चा मात्र भएको थिएन विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल भएका थिए । त्यतिेबेला उनकै पहलमा कस्टकर जेल जीवन बिताइरहेका ७० बढी नेपालीलाई स्वदेश फर्काइएको थियो।

    उम्मेदवारी घोषणा कार्यक्रममा भट्टराईले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण जोखिममा परेका छ हजार तीन सय बढीलाई सहयोग पुर्र्याएको जानकारी गराउँदै आफ्ना सबै कामलाई निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरे।

    यस्ता छन् भट्टराईका प्रतिवद्धता
    १. एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधि श्रमिकमैत्री बनाउने।

    २. नेपाल र एसिया प्यासिफिकको सम्बन्धमार्फत व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्ने।

    ३. कोभिडका कारण रोजगार गुमाएका, समस्यामा परेका, बिरामी तथा जेलमा रहेका नेपालीलाई निशुल्क स्वदेश पठाउन अथवा रोजगार दिलाउन पहल गर्ने।

    ४. नेपालीका प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायत मुलुकमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराउने।

    ५. विदेशस्थित नेपाली नियोगहरुसँग एनआरएनको सहकार्य मजबुद बनाउने।

    ६. कोभिड १९ महामारीको समस्या र यसले पार्ने मनोवैज्ञानिक असर न्यूनीकरणका लागि स्वास्थ्य शिविर तथा परामर्शका कार्यक्रम गर्ने।

    ७. नेपाली कला तथा सस्कृतिलाई विश्वमा चिनाउन पहल गर्ने।

    ८. श्रमिक गन्तब्य देशमा आवतजावत गर्ने हवाई शुल्क सहुलियत बनाउने।

    ९. एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने तथा विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान सुरु गर्ने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार