Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आफ्नी आमासँग देखिएका सिद्धार्थ शुक्लाको अन्तिम भिडियो भाइरल (भिडियोसहित)

    आफ्नी आमासँग देखिएका सिद्धार्थ शुक्लाको अन्तिम भिडियो भाइरल (भिडियोसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 3.4K
    SHARES

    एजेन्सी – आमासँग देखिएका सिद्धार्थ शुक्लाको अन्तिम भिडियो भाइरल भएको छ। भिडियोमा सिद्धार्थ आफ्नी आमासँग देखिएका छन्।

    उनी एयरपोर्टमा आफ्नी आमालाई लिन गएको भिडियोमा देख्न सकिन्छ। उनी स्फूर्त र सुनदर देखिन्छन्। अचानक उनको हृदयघातका कारण निधन भएसँगै सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।



    रियलिटी शो ‘बिग बोस–१३’का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको हो। करोडौं फ्यान फलोइङ कमाएका अभिनेता सिद्धार्थ शुक्ला पछिल्लो समय आफ्नो करियरको शिखरमा थिए।



    कयौं टिभी शो र फिल्महरुमा काम गरिसकेका सिद्धार्थले टिभी सिरियल ‘बालिका बधु’बाट रातारात चर्चा कमाएका थिए। त्यसोत अभिनेता सिद्धार्थले आफ्नो मृत्यु भन्दा ६ दिन पहिले मात्रै पनि मानव जीवनको बारेमा कुराकानी गरेका थिए।

    अभिनेता शुक्ला सोसल मिडिया ट्वीटरमा निकै सक्रिय थिए। सिद्धार्थले आफ्नो प्रशंसकहरुलाई जवाफ दिनका लागि सबै भन्दा बढी ट्वीटर प्रयोग गर्ने गर्थे। सिद्धार्थ शुक्लाले यसअघि पनि एक प्रशंसकलाई ट्वीटरमार्फत् संसारमा माया र सद्भाव फैलाउन अनुरोध गरेका थिए।

    साथै उनले ट्वीटरमार्फत् नै आफ्नो प्रशंसकहरुलाई राम्रो राम्रो बाटोमा हिड्न प्रेरण दिने गर्थे। सोही स्वभावका कारण सिद्धार्थले करोडौं प्रशंसकहरु टुलेका थिए। भारतीय सञ्चारमध्यमका अनुसार सिद्धार्थले जुनसुकै कार्यक्रमहरुमा आफ्नो प्रशंसकहरुलाई विशेष ध्यान दिने गर्थे।

     

    View this post on Instagram

     

    A post shared by F I L M Y G Y A N (@filmygyan)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार