Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि युवाहरुको प्रदर्शन

    एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि युवाहरुको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कोविरुद्ध केही युवाहरुले प्रदर्शन गरेका छन् ।

    शुक्रबार बिहान ११ बजेतिर एमसीसीको विरोध गर्दै केही युवाहरुले काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका थिए।



    ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट प्रदर्शनमा उत्रिएकाहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले नो एमसीसी, रिजेक्ट्स एमसीसीलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।



    यस्तै, एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार अर्को साता नेपाल आउदै छिन् । उनी नेपाल आउने तय भएसँगै विभिन्न टिका टिप्पणीहरु शुरु भएको छ ।

    यसैबिषयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्रघाती एमसीसी अघि बढाउन लागेको भन्दै हिजो मात्रै आक्रोश व्यक्त गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार