Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट ७ सय ७० ग्राम सुनसहित दुई जना पक्राउ

    त्रिभुवन विमानस्थलबाट ७ सय ७० ग्राम सुनसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुन जस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा डोल्पा जिल्ला ठुलो भेरी नगरपालिका-७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाही र स्याङ्जा पुतलीबजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेल रहेका छन्। उनीहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।



    फ्लाई दुबईको विमानबाट स्वदेश आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्दा ईमरजेन्सी लाईटमा लुकाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।



    साथै उक्त धातु लिन आएका स्याङ्जाका पौडेललाई विमानस्थलको परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार