Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रहरीलाई ठूलो सफलता : यार्सागुम्बा कारोवारीको गिरोह महाशाखाको फन्दामा

    प्रहरीलाई ठूलो सफलता : यार्सागुम्बा कारोवारीको गिरोह महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 3K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले अवैध रुपमा यार्सागुम्बाको कारोवार गर्ने चार जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा गोरखा चुमनुब्री -३ घर भइ हाल काठमाडौँ  ४८ बर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ हाल काठमाडौँ नयाँ बसपार्क र बानियाँटार बस्ने क्रमश : ५० बर्षीय बेलबहादुर थापा र कृष्ण परियार र प्युठान खलङ्गा न.पा ११ घर भइ काठमाडौँकै तारकेश्वर बस्ने ४७ बर्षीय दानबहादुर जिसी रहेका छन्।



    पक्राउ परेका उनीहरुलाई महाशाखाको टोलीले बिहीबार दिउँसो गोप्य सूचनाको आधारमा डुण्डुपको डेराबाट नियन्त्रणमा लिएको हो । महाशाखाका अनुसार उनीहरुको साथबाट १ केजी ८५० ग्राम यार्सागुम्बासहित नगद ८ लाख समेत फेला परेको छ।



    उनीहरुलाई आबश्यक कारवाहीको आज शुक्रबार वन डिभिजन कार्यालय काठमाण्ड पठाईएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार