Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिन् ऋचा

    कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिन् ऋचा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 2.4K
    SHARES

    काठमाडौं। अभिनेत्री ऋचा शर्माले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बिदा लिएकी छन्। आमा बन्ने मिति नजिकिँदै गएपछि उनले रियालिटी शोबाट बिदा लिएकी हुन्।

    उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन्। ‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ। सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने भएँ।’



    डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सोका अबको एपिसोडमा सहभागी नहुने निर्णय गरेको उनले जानकारी दिएकी छिन्। ऋचाले बिदा लिएपछि अब शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार