Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • दिल खोलेर हाँसेकी शिल्पा शेट्टीलाई प्रश्न, ‘पतिले कतिको जिन्दगी बर्बाद बनायो, यसलाई लाजसरम छैन ?’

    दिल खोलेर हाँसेकी शिल्पा शेट्टीलाई प्रश्न, ‘पतिले कतिको जिन्दगी बर्बाद बनायो, यसलाई लाजसरम छैन ?’

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 2.3K
    SHARES

    एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोर्नोग्राफी प्रकरणमा जेलमा छन्। कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पाले धेरै समस्याहरुको सामना गर्नुपरेको थियो।

    उनी लामो समयसम्म आफ्नो नियमित काममा फर्किन सकिनन्। सामाजिक बेइज्जतीदेखि अपमानसमेत उनले सहनुप¥यो। पछिल्ला समाचारहरुमा शिल्पाले राजसँग सम्बन्ध विच्छेद गर्न लागेको बताइएको छ।



    हाल शिल्पा शेट्टी पुनः विवादमा आएकी छिन्। एउटा च्याट शोको प्रोमोमा उनले हाँसो देखेर धेरैले खाली गरेका छन्। उनी जेनिस सेक्युएराको टक शोमा क्रिकेटर बी यु निकसँग देखिएकी छन्।



    यद्यपि, उक्त च्याट शोको शुटिङ राज कुन्द्रा पोनोग्राफी मामिलामा पक्राउ पर्नुअघि जुलाईमा लिइएको थियो। शोको प्रोमो भिडियोमा शिल्पा शेट्टी ठूलो ठूलो आवाजमा हाँसेकी छन्। तर, ट्रोलर्सले शिल्पालाई हाँसेको देखेर राज कुन्द्राले पोर्न कन्टेन्ट बनाएको विषयलाई जोड दिँदै ट्रोल गर्न सुरु गरेका छन्।

    एक युजरले शिल्पा शेट्टीको भिडियोमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘राज कुन्द्राले पोनोग्राफीमार्फत कति युवतीहरूको जिन्दगी बर्बाद बनायो। यति ठूलो स्क्यान्डलपछि पनि कसरी मान्छे यति खुशी हुन सक्छ ? लाज लाग्दैन ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार