Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्कुटरको डिक्कीमा लुकाइराखेको स्वचालित पेस्तोलसहित युवक पक्राउ

    स्कुटरको डिक्कीमा लुकाइराखेको स्वचालित पेस्तोलसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 3.6K
    SHARES

    बुटवल । जिल्ला प्रहरी कर्यालय दाङले स्वचालित पेस्तोलसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका– ९ सखी स्थायी ठेगाना भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षका ईन्द्रकमल बुढामगर रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले बुढामगरको घरमा रहेको रा५प ८७६२ नम्वरकोे स्कुटरको डिक्कीमा रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरेको हो ।



    पक्राउ परेका बुढाविरुद्ध हातहतियार खरखजना मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार