Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सीआईबीको इन्स्पेक्टर हुँ भन्दै धम्क्याउने पक्राउ

    सीआईबीको इन्स्पेक्टर हुँ भन्दै धम्क्याउने पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.5K
    SHARES

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को इन्स्पेक्टर हुँ भन्दै धम्क्याउने एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सल्यान जिल्ला दार्माकोट गापा २ बस्ने ३२ बर्षीय दिपेन्द्र रोकाया रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार बाँके बसपार्क एरियाबाट पक्राउ गरेको हो।



    प्रहरीका अनुसार पक्राउ परेका रोकायाले उक्त एरियामा रहेका होटल तथा पसलहरुमा आफू सीआईबीको इन्स्पेक्टर रहेको भन्दै डर त्रास देखाएर असुलीमा संलग्न रहेका थिए।



    पक्राउ परेका रोकायामाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार