Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नक्कली सर्टिफिकेट देखाएर अमेरिका जान खोज्ने ६ जना युवा महाशाखाको फन्दामा

    नक्कली सर्टिफिकेट देखाएर अमेरिका जान खोज्ने ६ जना युवा महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले नक्कली सर्टिफिकेट देखाएर अमेरिका जान खोज्ने ६ जना युवालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पाल्पा घर भएका सुमितरत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल, नवलपरासी घर भएका नरेश केसी, लक्ष्मण पाठक, काभ्रे घर भएका दिप विष्ट र काठमाडौंका सोहिली शाही रहेका छन् ।



    महाशाखाका अनुसार पक्राउ परेका युवाहरुको इडिभी ‘यूएस डाइभर्सिटी भिसा’–२०२० को नतिजामा नाम निस्किएको र भिसा प्रक्रियाका लागि उनीहरुले नक्कली सर्टिफिकेट पेश गरेका थिए ।



    उनीहरुले उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी हुने शैक्षिक प्रमाणपत्र नक्कली बनाएको अनुसन्धानबाट थाहा भएको महाशाखाले जनाएको छ। आरोपीहरुलाई महाराजगञ्जस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

    मुलुकी अपराध संहिता–२०७४ अनुसार लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार