Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • फणिन्द्र नेपालले कब्जा गरेको घरमा नगर प्रहरीले यसरी लगायो डोजर

    फणिन्द्र नेपालले कब्जा गरेको घरमा नगर प्रहरीले यसरी लगायो डोजर

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । ग्रेटर नेपालको आवरणमा अदालतको आदेशलाई समेत अवज्ञा गर्दै आएका फणिन्द्र नेपालले विगत ५ वर्षदेखि कब्जा गरेको घरमा नगर प्रहरीले डोजर लगाएको छ । घरबेटी नरेश न्यौपानेलाई घरभाडा समेत नतिरी ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपाल र उनकी श्रीमती रोहिका नेपालले सञ्चालन गर्दै आएको स्कुलमा नगर प्रहरीले डोजर चलाएको हो ।

    काठमाडौं जिल्ला अदालत र काठमाडौं महानगरपालिकाको आदेशलाई समेत उल्लंघन गर्दै आघरवेटी नरेश न्यौपानेलाई उल्टै धम्की दिंदै आएका नेपाल दम्पत्तिमाथि अन्ततः नगर प्रहरी ‘एक्सन’ लिन बाध्य भएको हो ।



    नेपाल दम्पत्ति चावहिलमा रहेको न्यौपानेको घर कब्जा गरेर इडेन पब्लिक स्कुल सञ्चालन गर्दै आएका थिए । उक्त घर खाली गराउन जिल्ला अदालत, काठमाडौं महानगरपालिकाको न्यायीक समितिले पटक–पटक आदेश दिएको थियो । तर, नेपाल दम्पत्तिले भने घरवेटी न्यौपानेलाई उल्टै धम्की दिंदै घर कब्जा गर्दै आएका थिए । त्यसपछि महानगरपालिकाले भदौ १८ गते आईतबार घर खाली गराउने निर्णय भदौ १० गते गरेको थियो । भदौं १० मा रोहिका नेपाललाई पत्र लेख्दै महानगरपालिकाले भनेको थियो–‘तपाईले यो पत्र पाए वा रितपूर्वक तामेल भएपश्चात न्यायिक समितिबाट भएको निर्णय मिति २०७८/०७/१७ गते अगावै तपाई आफैले कार्यान्वयन गरी यस कार्यालयलाई जानकारी गराउनु होला । अन्यथा मिति २०७८/०७/१८ गते यसै कार्यालयबाट डोर खटि आई निर्णयानुसार कार्यान्वयन गरिने ब्यहोरा सूचित गरिन्छ ।’



    यसरी पत्र काट्दा समेत नेपाल दम्पत्तिले घर खाली नगराएपछि नेपाल प्रहरीको सहयोगमा महानगर प्रहरीले आईतबार डोजर नै चलाएर घर खाली गराएको हो । नेपाल दम्पत्तिले २०७२ साउन १ गतेदेखि भाडामा लिएपनि २ वर्षपछिदेखि अहिलेसम्म भाडा समेत तिरेका छैनन् । न्यौपानेले पटक–पटक घरभाडाका लागि पहल गर्दा समेत उनीहरुले नतिरेपछि अन्ततः यो मुद्दा स्थानीय सरकार हुँदै अदालतसम्म पुगेको थियो ।

    मिति २०७५ मंसिर १३ गते काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलको उपस्थितिमा रोहिका नेपाल र नरेश न्यौपानेबीच २०७५ साल चैत मसान्तभित्र घर खाली गर्ने र त्यसबेलासम्मको घर भाडा वापतको रकम २१ लाख ५० हजार तिर्ने सम्झौता भएको थियो ।

    तर, चैत मसान्तसम्म पनि उनीहरुले भाडा तिर्नु त परको कुरा घर खाली पनि गरेनन् । न्यौपानेको घर हडपेर बसेका नेपाल दम्पत्तिले उल्टै अदालतमा मुद्दा हालेका थिए । वडा कार्यालय, काठमाडौं महानगरपालिका हुँदै अदालत पुगेको उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७७ माघ २० गते बाँकी बक्यौता चुक्ता गरी घर खाली गर्न आदेश दिएको थियो ।

    त्यसअघि २०७६ मंसिर २३ गते काठमाडौं महानगरपालिकाले नेपाल दम्पत्तिले घरभाडा नतिरेको प्रष्ट हुन आएको भन्दै प्रहरीको सहयोगमा घर खाली गरी जानकारी गराउन रोहिका नेपाल (प्रिन्सिपल–इडेन पब्लिक स्कुल) लाई पत्र काटेको थियो ।

    तर, उनीहरुले पटकपटकको ताकेता पश्चात पनि घर खाली नगरेपछि प्रशासनको सहयोगमा आइतबार घर खाली गरिएको हो ।

    नेपाल दम्पत्तिले काठमाडौं जिल्ला अदालतको २०७७ साल माग २० को आदेश नै अवज्ञा गरेपछि न्यौपानेले फैसला कार्यान्वयनका लागि भन्दै काठमाडौं महानगरपालिकामा निवेदन दिएका थिए । २०७७ माघ २६ गने जिल्ला आदालतको फैसला बोकेर महानगरपालिका पुगेका न्यौपानेको निवेदनका आधारमा महानगरपालिकाले २०७७ माघ २९ गते फैसला कार्यान्वयन गर्नका लागि भन्दै निर्णय कार्यान्वयन समन्वय समितिलाई पत्र काटेको थियो । उक्त पत्रले पनि काम नगरेपछि महानगरपालिकाले २०७७ साल फागुन १० गते माइन्युट नै बनाएर घर खाली गराउने निर्णय गराएको थियो । यति गर्दा पनि नेपाल दम्पत्तिले न त घर खाली गरे, न त घरधनी न्यौपानेलाई भाडा वापतको पैसा नै दिए ।

    त्यसपछि न्यौपानेले जिल्ला अदालतमा पुनः आदेश कार्यान्वयन नभएको भनी निवेदन दिए । सो निवेदनउपर अदालतले काठमाडौं महानगरपालिकालाई असार १३ गते पत्र लेखेर फैसला कार्यान्वगन गर्न निर्देशन दिएको थियो । अदालतको पत्र पाएपछि महानगरपालिकाले असार २२ गते रोहिका नेपाललाई पत्र लेखेर १० दिनभित्र भाडा वापतको बाँकी रकम दिएर घर खाली गराउन निर्देशन थियो । जसको वोधार्थ न्यौपानेको घर भएको ७ नम्बर वडा कार्यालयलाई पनि पठाइएको थियो । त्यसपछि पनि रोहिकाले घर छाड्न त के उक्त पत्र नै बुझ्न इन्कार गरिन् । रोहिकाले पत्र नबुझेपछि महानगरपालिकाले ७ नम्बरका वडाध्यक्ष शुद्धकुमार डंगोलसहितको रोहबरमा वडामा पत्र टाँस गरेको थियो ।

    महानगरपालिकाले पनि पटक–पटक पत्रको माध्यमबाट कार्य गर्न खोज्दा सम्भव नभएपछि प्रहरी प्रशानसको सहयोगमा घर खाली गराइएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार