Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कुलमानको नयाँ नियुक्तिप्रति ओलीको आपत्ति, विग्रिएका ट्रान्सफर्मर खरिद गरेको आरोप

    कुलमानको नयाँ नियुक्तिप्रति ओलीको आपत्ति, विग्रिएका ट्रान्सफर्मर खरिद गरेको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएकोमा विरोध गरेका छन् ।

    मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले भने–‘हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले हटाइएको’ आरोप उनले लगाए ।



    लोडसेडिङ अन्त्य गरेका घिसिङलाई प्राधिकरणमा नियुक्ति गरिएकोप्रति सरकारको प्रशंसा भइरहेका बेला नेकपा एमाले भने त्यसविरुद्ध लागेको छ । ओलीले कुलमान घिसिङले खरिद गरेका ट्रान्सफर्मर बिग्रिएको र हेटौंडा ट्रान्सफर्मरकै सहर बनेको पनि बताए ।



    ओली नेतृत्वको सरकारले घिसिङको चार वर्षे समयावधि सकिएपछि हितेन्द्रदेव शाक्यलाई कायममुकायम हुँदै प्रमुख कर्यकारी निर्देशक बनाएको थियो । सरकार परिवर्तन भएसँगै शाक्यलाई हटाएर पुनः घिसिङलाई नै प्राधिकरणको जिम्मा दिइएको छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले कानून मिचेर घिसिङलाई नियुक्त गरेको भन्दै शाक्यले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दा सर्वोच्चमा विचाराधिन छ । यस्तो बेला प्रमुख प्रतिपक्ष दलका अध्यक्ष ओलीले पनि सरकारले उक्त कार्यप्रति विरोध जनाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार