Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • १६ वर्षीया किशोरी बलात्कारको आरोपमा ड्राइभरसहित ९ जना पक्राउ

    १६ वर्षीया किशोरी बलात्कारको आरोपमा ड्राइभरसहित ९ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 4.5K
    SHARES

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् ।



    सुर्खेतका प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेका छन्।



    केही दिनअघि जिल्लाको चौकुने गाउँपालिका घर भएकी ती किशोरीले पटक–पटक विभिन्न व्यक्तिबाट आफूमाथि बलात्कार भएको र पेटमा गर्भ समेत रहेको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।

    पक्राउ परेकाहरुमाथि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार