Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद फैसला तोकिएको फरार प्रतिवादी यादव पक्राउ

    कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद फैसला तोकिएको फरार प्रतिवादी यादव पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 2.7K
    SHARES

    सप्तरी । जिल्ला अदालत सप्तरीबाट कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाँय पाएर फरार रहेका प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ परेको छ ।

    सप्तरीको गाबिक मानराजा गाउँपालिका हाल बोदेर्ससाईन नगरपालिका वडा नम्वर ७ का दानालाल यादवलाई लुकीछिपी बसेको अवस्थाबाट प्रहरीले पक्राउ गरेको हो ।



    २०६२ सालमा गाबिक मानराजा गाउँपालिका हाल बोदेर्ससाईन नगरपालिका वडा नम्वर ७ का गंगाराम कापैरलाई यादवले हत्या गरेका थिए ।



    उनलाई जिल्ला अदालत सप्तरीले २०७३ बैशाख २२ गते कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाँय फैसला गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको जानकारी दिए ।

    मंगलबार जिल्ला अदालत सप्तरीको आदेशमा प्रतिवादी यादवलाई कैद भुक्तानको लागि कारागार कार्यालय राजविराज पठाईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार