Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रतिनिधिसभा बैठक :

    गृहमन्त्रीलाई रोक्न खोज्दा गंगा चौधरी र मर्यादापालकबीच घम्साघम्सी

    गृहमन्त्रीलाई रोक्न खोज्दा गंगा चौधरी र मर्यादापालकबीच घम्साघम्सी

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवा र मर्यादापालकबीच घम्साघम्सी भएको छ।

    बैठकमा सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकोतर्फबाट सांसद चौधरीले रोष्टममै उक्लिने प्रयास गरेपछि चौधरी र मर्यादापालकबीच धकेलाधकेल भएको हो।



    बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशन अन्तर्गतको पहिलो र दोस्रो बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले २ पटक १५–१५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।



    त्यसपछि तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गर्न लाग्दा यस्तो देखिएको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोकेका थिए  ।

    त्यसक्रममा एमाले सांसद चौधरी भने रोष्टममै उक्लिने प्रयास गरेको र त्यसै क्रममा मर्यादापालकबीच धकेलाधकेल भएको एक सांसदले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार