Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कस्तो छ आजको मौसम ? कताकता पर्दैछ पानी ?

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कायमै छ। जसका कारण बिहीबार बिहान देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।

बिहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार र शनिबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077