Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • महामारी, व्यापार र जासुसीले सम्बन्ध बिग्रिएको बेला बाइडेन र जिनपिङबीच कुराकानी

    महामारी, व्यापार र जासुसीले सम्बन्ध बिग्रिएको बेला बाइडेन र जिनपिङबीच कुराकानी

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच ७ महिनापछि कुराकानी भएको छ ।

    आपसी हित र रणनीतिक साझेदारी’ विषयमा दुई राष्ट्रपतिबीच छलफल भएको ह्वाइट हाउसले जनाएको छ ।



    अमेरिकी राष्ट्रपति बाइडेनले दुई देशबीच विभिन्न क्षेत्रमा रहेको प्रतिस्पर्धालाई व्यवस्थित ढंगले अगाडि बढाउने बताएका थिए ।



    बाइडेनले राष्ट्रपतिको पद सम्हालेपछि सीसँग कुरा गरेको यो दोस्रो पटक हो ।

    कोरोना महामारी, व्यापार र जासुसीका विषयलाई लिएर अमेरिका र चीनबीच लफडा चलिरहेको छ । दुवैले एकअर्कालाई आरोप लगाउँदै आएका छन्  ।

    चीनले अमेरिकामाथि ‘चीनमाथि आक्रमण’ का लागि विभिन्न देशलाई उक्साएको आरोप लगाउने गरेको छ भने अमेरिकाले अन्य देशको ध्यान आफूतर्फ तान्न उक्त आरोप लगाएकोदाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार