Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एमसीसीकी उपाध्यक्ष फातिमाले गरिन् सीता दाहाललाई स्वास्थ्य लाभको कामना

    एमसीसीकी उपाध्यक्ष फातिमाले गरिन् सीता दाहाललाई स्वास्थ्य लाभको कामना

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोगी परियोजना (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गरेकी छिन्।

    शुक्रबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेकी उपाध्यक्ष सुमारले सीताको स्वास्थ अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी हुन्।



    यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएको उनको सचिवालयले जानकारी दिएको छ ।



    सचिवालयका अनुसार एमसीसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताए ।

    बिहीबार नेपाल आएकी उपाध्यक्ष फतिमाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका नेताहरुसँग भेटवार्ता गरिसकेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार