Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विष्णु पौडेलले ल्याएको बजेटमा जनार्दन शर्माले गरे करिब १५ अर्ब कटौती

    विष्णु पौडेलले ल्याएको बजेटमा जनार्दन शर्माले गरे करिब १५ अर्ब कटौती

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा करिब १५ अर्ब कटौती गरेका छन् ।
    तत्कालिन अर्थमन्त्री पौडेलले ठूलो आकारको बजेट ल्याएको भन्दै त्यसबेला टिप्पणी भएको थियो ।

    प्रतिस्थापन विधेयक ल्याउने क्रममा शुक्रबार अर्थमन्त्री शर्माले बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४ करोड ६७ लाख घटाएका हुन् । यसअघि अर्थमन्त्री पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।



    जसमा १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याइएको छ । यस्तै, पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) विनियोजन गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार