Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नारायणहिटीमा मुलुकको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक शासकीय संग्रहालयको निर्माण गरिने

    नारायणहिटीमा मुलुकको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक शासकीय संग्रहालयको निर्माण गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ ।

    शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् ।



    जसमा १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याइएको छ । यस्तै, पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) विनियोजन गरिएको छ ।



    बजेटमा नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालयको निर्माण प्रारम्भ गरिने उल्लेख गरिएको  छ।

    जस अन्तर्गत योगमायादेखि हालसम्मका शहिद, नेपालको ऐतिहासिक जनआन्दोलन एवम् जनयुद्ध र मधेश आन्दोलन लगायतमा त्याग र नेतृत्व गर्नु हुने अग्रज राजनीतिज्ञहरूको इतिहास समेट्ने गरी संग्रहालय निर्माण प्रारम्भ गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । साथै, उक्त क्षेत्रमा नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न धार्मिक संग्रहालय स्थापना गरिनेछ।

    ७७ वटा बुँदामा प्रस्तुत गरिएको बजेटको ३९ औँ नम्बरको बुँदामा उक्त कुरा उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार