Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आफ्ना नजिकका कर्मचारीको सरुवा गरेको भन्दै वडाध्यक्षले गरे महानगरमा तोडफोड

    आफ्ना नजिकका कर्मचारीको सरुवा गरेको भन्दै वडाध्यक्षले गरे महानगरमा तोडफोड

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा तोडफोड भएको छ ।

    आफूलाई जानकारी नदिई महानगर प्रशासनले आफ्ना नजिकका कर्मचारीको सरुवा गरेको भन्दै वडा नम्बर ५ का अध्यक्षले महानगरपालिकाको कार्यालय तोडफोड गरेका हुन्।



    शुक्रबार कार्यालयमा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यालयको ढोकामा तोडफोड गरेकाे स्राेतले बताएकाे छ ।



    स्रोतका अनुसार उनले आफूनिकट इन्जिनियर कर्मचारीको सरुवा गरेपछि ढोका तोडफोड गरेका हुन् ।

    घटनाबारे महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘सुनेको चाहिँ छु । म बाहिर कार्यक्रममा आइरहेको हुँदा सबै डिटेलमा बुझ्न पाएको छैन, किन के-कति क्षति भयो भन्ने कुरा रिपोर्टिङ भइसकेको छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार