Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शिक्षकहरुको स्वास्थ्य उपचारको लागि अस्पताल निर्माण गरिने

    शिक्षकहरुको स्वास्थ्य उपचारको लागि अस्पताल निर्माण गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ ।

    शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् ।



    जसमा १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याइएको छ । यस्तै, पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) विनियोजन गरिएको छ ।



    बजेटमा शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने उल्लेख गरिएको छ। ७७ वटा बुँदामा प्रस्तुत गरिएको बजेटको ४२ औँ नम्बरको बुँदामा उक्त कुरा उल्लेख गरिएको छ।

    यस्तै, बुँदाको ४३ औं नम्बरमा विश्वविद्यालयहरूलाई पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गरिनेछ। मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रवन्ध गरिने उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार