Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमसीसी सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो मान्य हुँदैन : नेपाल

    एमसीसी सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो मान्य हुँदैन : नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.2K
    SHARES

    नेपालगञ्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताएका छन् ।

    शनिबार बाँकेको नेपालगन्जमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने–‘सुरुमा एमसीसी परियोजना नेपालको हितमा छ भन्ने पुष्टि गर्नु पर्‍यो । यो परियोजनामा विकासको कुरामात्रै छ भन्नु पर्‍यो । सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन । हामीलाई लिखित चाहियो कि यो सुरक्षासँग सम्बन्धित छैन।’



    एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा उनले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार